×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

विद्यालय परिसरमा धुमपान रोक्न विद्यार्थीको आग्रह

विद्यालय परिसरमा धुमपान रोक्न विद्यार्थीको आग्रह

काठमाडौं-त्रिपुरेश्वरस्थित रहेको विश्व निकेतन माध्यमिक विद्यालयका विद्यार्थीले सो क्षेत्रमा धुम्रपान विक्री वितरण रोक्न सरोकारवाला निकायसँग अनुरोध गरेका छन् । 

विशेषगरी राहदानी विभागमा आएका सेवाग्राहीले सुर्ती, चुरोट, गुट्खालगायतका सामग्री सेवन गरी स्कुल वरपरका क्षेत्रमा दुर्घन्ध फैलाएको विद्यार्थीको गुनासो छ । विश्व निकेतन कानुन क्लबको तर्फबट राहदानी विभागलाई ध्यानाकर्षणपत्र बुझाउँदै विद्यार्थीले शैक्षिक क्षेत्रबाट एक सय मिटर दूरीमा त्यस्ता गतिविधि गर्न नपाइने कानुनी व्यवस्था कार्यान्वयन गराउन स्मरण गराएका छन् । 

हरेक दिन विभाग अगाडीको बाटोमा सेवाग्राहीको भींड हुनेगर्छ । उक्त क्षेत्रमा धुम्रपान  धुम्रपान निषेधित क्षेत्र उल्लेखित सूचना राख्न क्लबका अध्यक्ष सुजितकुमार पंडितले माग गरे ।  

सुर्तीजन्य पदार्थ नियन्त्रित राख्न बनेको सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन २०६८ को दफा (४) ले सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवनजस्ता कामलाई  प्रतिबन्ध लगाएको छ । अन्य दाफाहरूले १८  वर्षमुनिका बालबालिकालाई विक्री वितरण गर्न नपाइने, शैक्षिक र स्वास्थ्य संस्थाको १०० मिटर वरिपरि बिक्री वितरण  गर्न नपाइने व्यवस्था छ । 

प्रतिकृया दिनुहोस्