×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

गोली प्रहारबाट जापानका पूर्वप्रधानमन्त्री आबेको मृत्यु

गोली प्रहारबाट जापानका पूर्वप्रधानमन्त्री आबेको मृत्यु

काठमाडौं- जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको मृत्यु भएको छ। चुनावी अभियान अन्तर्गत शुक्रबार बिहान एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा आबेमाथि गोली प्रहार भएको थियो।

नारा शहरको सडकमा आयोजना गरिएको उक्त कार्यक्रममा गोली प्रहार भएपछि उनलाई तत्कालै नारा युनिभर्सिटीको अस्पतालमा लगिएको हो। गोली लागेपछि बेहोस भएका उनको उपचारकै क्रममा मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

पश्चिमी सहर नारामा आइतबार हुने माथिल्लो सदनको चुनावका लागि एउटा कार्यक्रममा सम्बोधन गरिरहेका बेला आबेलाई पछाडिबाट गोली हानिएको थियो। प्रहरीले गोली हान्ने ४१ वर्षीय शंकाष्पद पुरूषलाई तत्काल पक्राउ गरेको छ। तर गोली हान्नुको कारण भने खुलेको छैन।

प्रतिकृया दिनुहोस्