शुक्रबार मध्यरातिदेखि देशभर लगातार वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार राति १२ बजेदेखि वर्षा भइरहेको हो ।
दिउँसो प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।
सतर्क रहन आग्रह
देशको अधिकांश स्थानमा वर्षा जारी रहेसँगै नदीहरुमा जलसतह बढेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले रौतहट कर्मैया (पधेरादोभान)स्थित बागमती नदीमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको जनाएको छ ।