×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेपाल टी–ट्वान्टी : फाइनल प्रवेशका लागि जनकपुरलाई १४४ रनको लक्ष्य

नेपाल टी–ट्वान्टी : फाइनल प्रवेशका लागि जनकपुरलाई १४४ रनको लक्ष्य

काठमाडौं- पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिगको फाइनलमा प्रवेशका गर्नका लागि जनकपुर रोयल्सले लुम्बिनी अल स्टार्स्बाट १४४ रनको लक्ष्य पाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन बनायो ।

लुम्बिनीका लागि ईशान पाण्डेले ३८ रन बनाउँदा अनिल शाहले २४ रन बनाए । विपुल शर्मा २० रनमा आउट हुँदा श्याड्ली भान १७ रनमा अविजित रहे । लाहिरु मिलान्थाले १६ रन बनाए । जनकपुरका लागि जितेन्द्र मुखिया,असन प्रियरन्जन र सोमपाल कामीले समान २/२ तथा पवन सराफ र ट्राभोन ग्रिफिथले समान १/१ विकेट लिए ।

आजको पहिलो क्वालिफायर बिजेताले फाइनलमा स्थान बनाउने छ । पराजित हुने टोलीले सोमबार हुने ईलिमेटर खेलको बिजेतासँग फाईनल प्रवेशका लागि खेल्नेछ ।

यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ । यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ । प्लेयर अफ द सिरिजले पनि ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् । इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ ।

प्रतिकृया दिनुहोस्