काठमाडौं - गुगलले युट्युब प्रयोगकर्ताका लागि नयाँ फिचर ल्याएको छ। फिचरमा प्रयोगकर्ताले पनि युट्यबुका भिडिओहरू जुम गरेर हेर्न पाउने भएका छन् ।
एन्ड्रोइडका प्रिमियम युट्युब प्रयाेगर्ताले हाल याे फिचर प्रयाेग गर्नसक्छन् । यसअन्तर्गत भिडिओको एक भाग नजिकबाट हेर्न जुम इन गर्नसक्ने फिचर दिइएको छ ।
प्रयोगकर्ताले लामो समयदेखि यो फिचरको माग राख्दै आएका थिए । अन्ततः एन्ड्रोइड प्रयोगकर्ताका लागि पिन्च-टु-जुम फिचर कम्पनीले ल्याएको छ ।
कम्पनीका अनुसार पिन्च-टु-जुम डेमोको लागि सेप्टेम्बर १ देखि उपलब्ध हुनेछ । त्यसपछि भने सबै प्रिमियम प्रयोगकर्ताका लागि यो फिचर उपलब्ध हुने बताइएको छ ।
यो सुविधा अन्य प्रयोगकर्ताहरूलाई उपलब्ध गराइने छ कि छैन भन्नेबारे भने कुनै जानकारी दिइएकाे छैन ।