काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन् । मंगलबार राष्ट्रिय सभागृहमा रिपोर्टस क्लब नेपालकाे वार्षिक उत्सव कार्यक्रममा बोल्दै उनले साउन १ गतेदेखि वृद्धभत्ता लगायतका सामाजिक सुरक्षा भत्ता बढ्ने घोषणा गरेका हुन् । क्लबकाे २३ औँ बार्षिकोत्सवका अवसरमा बाेल्दै प्रधानमन्त्री ओली यस्ताे घाेषणा गरेका हुन् ।