×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

‘सुरक्षा चुनौतीकाे सामना गर्न राष्ट्रिय सुरक्षा परिषद्काे भूमिका महत्वपूर्ण’

‘सुरक्षा चुनौतीकाे सामना गर्न राष्ट्रिय सुरक्षा परिषद्काे भूमिका महत्वपूर्ण’

काठमाडाैँ- प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयनका लागि एकीकृत कार्ययोजना सम्बन्धित मन्त्रालयमा पठाइसकेको बताएका छन् । 

राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको २१औं वार्षिकोत्सवका अवसरमा बुधबार सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयन गर्नु आवश्यक रहेको भन्दै यससम्बन्धी कार्ययोजना सम्बन्धित मन्त्रालयमा पठाइसकेको बताएका हुन् ।

उनले कार्ययोजना कार्यान्वयन अनुगमनको जिम्मेवारीसमेत परिषद् सचिवालयलाई रहेकाले यस गहन जिम्मेवारीलाई प्राथमिकताका साथ पूरा गर्ने अपेक्षा रहेको उल्लेख गरे ।

उनले मुलुकको आन्तरिक र बाह्य सुरक्षा चुनौतीको वस्तुनिष्ठ विश्लेषणमा राष्ट्रिय सुरक्षा परिषद्ले अग्रणी भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरे ।

संविधानले नेपालको समग्र राष्ट्रिय हित, सुरक्षा प्रतिरक्षासम्बन्धी नीति तर्जुमा गर्दा तथा नेपाली सेनाको परिचालन तथा नियन्त्रण गर्न नेपाल सरकारलाई सिफारिस गर्ने दायित्व राष्ट्रिय सुरक्षा परिषद्लाई दिएको उनकाे भनाई छ ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले राष्ट्रिय सुरक्षा नीतिको एकीकृत कार्ययोजनाको मार्गनिर्देशिका सार्वजनिक गरेका थिए । सुरक्षा नीतिको आधारमा सुरक्षा परिषद्ले मार्गनिर्देशिका पुस्तिका तयार पारेको हो ।

प्रतिकृया दिनुहोस्