×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

प्रवास

समर्थनले बलियो बने नेम्वाङ,२६६ मतसहित जनसम्पर्क समिति अमेरिकाको सभापतिमा विजयी

अमेरिका । नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी भएका छन्। गत अगस्त १३ देखि १६ सम्म अमेरिकाको भर्जिनियामा सम्पन्न भएको तेस्रो महाधिवेशनवाट नेम्वाङ अन्य प्रतिस्प्रर्धीहरुलाई पराजित गर्दै विजयी भएका हुन् । आइतबार बिहान सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार नेम्वाङले दुई सय ६६ मत प्राप्त गरे। सभापतीका लागी नेम्वाङ सहित अन्य  तिन जनाले प्रतिस्पर्धा गरेका थिए।

शनिबार साँझ भएको मतदान अघि अमृत सापकोटा र वेद खरेलले उम्मेदवारी फिर्ता लिँदै नेम्वाङलाई समर्थन गरेका थिए। नेम्वाङ यसअघि महामन्त्री थिए। उनी नेपाली कांग्रेसका उपसभापति विश्व शर्मा निकट मानिन्छन् । नेम्वाङका निकटतम प्रतिद्वन्द्वी सी.पी. पौड्यालले एक सय ३८ मत प्राप्त गरे। सी.पी. पौड्याल यसअघिका उपसभापति हुन्। उनी नेपाली कांग्रेसको संस्थापन इतर पक्षधर मानिन्छन् । 

निर्वाचनमा कुल चार सय ७३ मत खसेको थियो। अध्यक्ष पदका अन्य उम्मेदवारहरू सन्तोष पहारीले २८ मत र ध्रुव गौतमले १५ मत प्राप्त गरेका छन् । ढिला गरी उम्मेदवारी फिर्ता लिएका वेद खरेलको नाममा ११ मत परेको थियो। १२ वर्षपछि भएकाे महाधिवेशनवाट वरिष्ठ उपसभापति पदमा विनोद भट्ट एक सय ४२ मतका साथ विजयी भएका छन्। यस्तै उपसभापति पदमा सञ्जीव श्रेष्ठले २३५ मत, हरि शर्माले १७८ मत, श्रीराम थापाले १८० मत र निमा बोम्जनले १४५ मत प्राप्त गर्दै विजय हासिल गरे ।

त्यसैगरी, युवा उपसभापति पदमा सुशील क्षेत्री २४१ मतका साथ निर्वाचित भए । महामन्त्री पदमा नारायण खनालले २०४ मत र गौतम दाहालले १८४ मत ल्याएर आफ्नो स्थान सुरक्षित गरे। सहमहामन्त्री पदमा अर्जुन बम १६० मत र अनिता परियार १६९ मतका साथ विजयी भए भने कोषाध्यक्ष पदमा नारायण पी। पोखरेलले १६३ मत प्राप्त गरी जित सुनिश्चित गरे।

शुक्रबारबाट सुरु भएको महाधिवेशनको शनिबार नेपाली कांग्रेसका महामन्त्री गुरु घिमिरेले औपचारिक उद्घाटन गरेका थिए। सो उद्घाटन समारोहलाई प्रविधिमार्फत जोड्दै जुमबाट नेपाली कांग्रेसका सभापति गगन थापाले समेत विशेष सम्बोधन गरेका थिए। सदस्यमा भने सबै निर्विरोध निर्वाचित भएका छन् । 

को को भए निर्वाचित  पुरा मत परीणाम

नेपाली जनसम्पर्क समिति, अमेरिका
तेस्रो अधिवेशनको निर्वाचन
मतगणना फारम

क्र.सं.

पद

उम्मेदवारको नाम

जम्मा मत

कैफियत / Remarks

1

सभापति

सी.पी. पौड्याल

138

 

2

सभापति

अमृत एन. सापकोटा

 

3

सभापति

सन्तोष पहारी

28

 

4

सभापति

ध्रुव गौतम

15

 

5

सभापति

वेद पी. खरेल

11

 

6

सभापति

मुनिन्द्र नेम्वाङ

266

विजयी

7

वरिष्ठ उपसभापति

धन बहादुर भण्डारी

87

 

8

वरिष्ठ उपसभापति

चन्द्रकान्त भिताल

56

 

9

वरिष्ठ उपसभापति

ज्ञानेश्वर राज काकी

108

 

10

वरिष्ठ उपसभापति

विनोद भट्ट

142

विजयी

11

उपसभापति

हरि पी. शर्मा

165

विजयी

12

उपसभापति

मोहिराज बानियाँ

58

 

13

उपसभापति

निमा बोम्जन

145

विजयी

14

उपसभापति

सञ्जीव श्रेष्ठ

235

विजयी

15

उपसभापति

शेखर केसी

170

 

16

उपसभापति

सुरज खनाल

125

 

17

उपसभापति

सन्तोष बिट्ट

194

 

18

उपसभापति

गीताम्बर भुसाल

119

 

19

उपसभापति

श्रीराम थापा

180

विजयी

20

उपसभापति

गणेशराज भण्डारी

200

 

21

युवा उपसभापति

सुशील क्षेत्री

241

विजयी

22

युवा उपसभापति

हरि भट्ट

159

 

23

महामन्त्री

किरण चान राई

42

 

24

महामन्त्री

प्रतीक पाण्डे

186

 

25

महामन्त्री

नारायण खनाल

204

विजयी

26

महामन्त्री

अनन्तराज सुवेदी

98

 

27

महामन्त्री

गौतम दाहाल

184

विजयी

28

सहमहामन्त्री

रोशन अधिकारी

55

 

29

सहमहामन्त्री

मुकुन्द राज ढकाल

25

 

30

सहमहामन्त्री

अर्जुन बम

160

विजयी

31

सहमहामन्त्री

रामचन्द्र अधिकारी

25

 

32

सहमहामन्त्री

महेश के. मल्ल

53

 

33

सहमहामन्त्री

बाबुराम दवाडी

65

 

34

सहमहामन्त्री

अनिता परियार

169

विजयी

35

कोषाध्यक्ष

भोला नेपाली

125

 

36

कोषाध्यक्ष

नारायण पी. पोखरेल

163

विजयी

37

कोषाध्यक्ष

राज ढुंगाना

118

 

प्रतिकृया दिनुहोस्