भरतपुर- नेपाल कम्युनिष्ट पार्टी चितवनले ११ बुँदे मागहरु सार्वजनिक गरेको छ । यही भदौ १७ गते सकिएको ९ औँ जिल्ला सम्मेलनले ११ बुँदे समसामयिक प्रस्तावहरु पास गरेको जिल्ला सेक्रेटरी रुद्र भट्टराईले जानकारी दिनुभयो । नारायणगढमा पत्रकार सम्मेलन गर्दै ११ बुँदे मागहरु सम्बोधन नभए संघर्ष गर्ने चेतावनी दिनुभयो ।
सरकारसँग भएका ३ बुँदे सहमति लागु हुनुपर्ने, एसपीपी, एमसीसी सम्झौता नागरिकता विद्येयक खारेज हुनुपर्ने, चितवनको कृषियोग्य जमिनमा भएको जग्गा प्लटिङ खण्डीकरण बन्द हुनुपर्ने, मिटर व्याज कारोबारीलाई कारावाही हुनुपर्ने लगायतका मागहरु राखिएका छन् । जिल्ला सम्मेलनले ५१ सदस्यीय जिल्ला कमिटि सर्वसम्मत चयन गरेको छ ।