×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सबै प्रकारका विभेद अन्त्य हुनुपर्छ : उपराष्ट्रपति पुन

सबै प्रकारका विभेद अन्त्य हुनुपर्छ : उपराष्ट्रपति पुन

काठमाडौँ- उपराष्ट्रपति नन्दबहादुर पुनले समाजममा रहेका सबै खालका विभेदहरू अन्त्य हुन पर्ने बताएका छन् । उपराष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा स्वर्णिम युग फाउण्डेसन र स्वर्णिम रहस्य नामको पुस्तक विमोचन गर्दै उनले समाजमा रहेका सबै विभेद अन्त्य हुनुपर्ने बताएका हुन् ।

समाजमा कसैले शिक्षा पाउने कसैले नपाउने, कसैले लाखौँ रकम खर्चेर उपचार गर्न पाउने, कसैले उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था हुन नहुने उनको भनाइ छ । देशमा राजनीतिक परिवर्तन भए पनि नागरिकका जीवनमा खास परिवर्तन आउन नसकेको भन्ने गुनासो आएकाे गरेकोतर्फ सबैले ध्यान दिनुपर्ने उनले बताए ।

कार्यक्रममा स्वर्णिम रहस्य पुस्तकका लेखक खेम शर्माले पुस्तक बारे बोलेका थिए भने स्वर्णिम युग फाउन्डेसनका अध्यक्ष मनऋषि धितालले फाउन्डेसनबारे जानकारी दिएका थिए ।

प्रतिकृया दिनुहोस्