काठमाडौँ- अघिल्लो सरकारको पालनामा विभिन्न संवैधानिक आयोगमा ५२ जना पदाधिकारी नियुक्त गरिएको विषयमा परेका मुद्दाको सुनुवाई आज पनि हेर्दाहेर्दैमा परेको छ । सुनुवाई नसकिएपछि हेर्दा हेर्दैमा परेको हो ।
आज संवैधानिक इजलासमा सुनुवाई गर्दै कानून व्यवसायीहरुले संसद विघटन गरि विना संसदीय सुनुवाई नियुक्ति गरिएको, अध्यादेशमार्फत आफु अनुकुल हुने गरि प्रावधान सच्याएर नियुक्तिको सिफारिस गरिएको लगायत कारण देखाउँदै नियुक्ति बदर गर्नुपर्ने र तत्काल ती ५२ जना पदाधिकारीलाई काम गर्नबाट रोक लगाउनुपर्ने माग गरेका थिए ।
यसअघि पनि संवैधानिक इजलासमा सुनुवाई नसकिएपछि आज सनुवाई भएको थियो ।