×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एमालेको केन्द्रीय कमिटीमा ११ एजेन्डामाथि छलफल हुने

एमालेको केन्द्रीय कमिटीमा ११ एजेन्डामाथि छलफल हुने

काठमाडौँ- प्रमुख विपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आजदेखि सुरु हुँदैछ । एमाले केन्द्रीय प्रचार विभागमा उपप्रमुख विष्णु रिजालका अनुसार बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । 

बैठकमा विभिन्न ११ वटा एजेन्डामा छलफल हुनेछ । आजको केन्द्रीय कमिटी बैठकमा पहिलो एजेन्डाका रूपमा अध्यक्ष केपी शर्मा ओलीको लिखित राजनीतिक प्रतिवेदन पेस हुनेछ । मनोनीत भएका केन्द्रीय सदस्यहरूलाई शपथ गराएर बैठकमा सहभागी गराउने दोस्रो एजेन्डा रहेको छ ।

  • यी हुन् एजेन्डा

१. अध्यक्षको राजनीतिक प्रतिवेदन
२. केन्द्रीय कमिटी सदस्यहरूको शपथ र कार्य विभाजन
३. सचिवालयका निर्णय अनुमोदन
४. उम्मेदवारको छनोटको मापदण्ड
५. स्थानीय निर्वाचन छानबिन कमिटीको प्रतिवेदन
६. सदस्यता अभिलेख व्यवस्थापन
७. सल्लाहकार परिषद् र तीनै आयोगका प्रतिवेदन
८. भारत प्रवासको कामका सम्बन्धमा नियमावली
९. पार्टी कामसँग सम्बन्धित केही नियमहरू निर्माण
११. समसामयिक प्रस्तावहरू

प्रतिकृया दिनुहोस्