×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

निहारिकाका छोरा र आरोपित शिवराजको डिएनए मिल्यो

निहारिकाका छोरा र आरोपित शिवराजको डिएनए मिल्यो

काठमाडौं- निहारिका राजपुतकी छोरा र आरोपित शिवराज श्रेष्ठको डिएनए मिलेको छ । उच्च अदालत जनकपुरका रजिस्ट्रार खड्गराज अधिकारीका अनुसार निहारिकाका छोराको डीएनए आरोपी शिवराजसँग मिलेको हो ।

लतिलपुरको खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा निहारिकाका छोराको डीएनए शिवराजसँग मिलेको रजिष्टार अधिकारीले बताए । उच्च अदालत, जनकपुरले निहारिकाका छोरा र शिवको डीएनए जाँच गर्न ८ भदौमा आदेश दिएको थियो ।

निहारिकाले जन्म भएको बालकसँग शिवराजको डीएनए परीक्षणको माग गर्दै आएकी थिइन् । उक्त माग राख्दै निरन्तर अनसन बसेपछि सरकारसँग तीन बुँदे सहमतिसमेत भएको थियो । अनसन तोड्ने, आरोपितसँग डीएनए परीक्षण गराउनेलगायत सहमति भएको थियो। उक्त सहमतिपछि आरोपित शविराजलाई पक्राउ गरेर प्रहरीले डीएनए परीक्षण गराएको थियो।

उनलाई धनुषाबाट काठमाडौं ल्याएर राष्ट्रिय विधिविज्ञान प्रयोगशाला, खुमलटारमा डीएनएका लागि रगतको नमुना दिइएको थियो । उक्त नमूना जाँच गर्दा शिवराज र निहारिकाको छोराको डीएनए मेल खाएको रिपोर्ट आएको रजिष्ट्रार अधिकारीले बताए ।

प्रतिकृया दिनुहोस्