×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

राष्ट्रिय सभा निर्वाचनमा निरीह महन्थ !

राष्ट्रिय सभा निर्वाचनमा निरीह महन्थ !

काठमाडौँ- राष्ट्रिय सभा निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) निरीह देखिएको छ । महन्थ ठाकुरले नेतृत्व गरेको लोसपा निर्वाचनमा निरीह देखिएको हो । आसन्न राष्ट्रिय सभा निर्वाचनका लागि अन्य दलहरूले उम्मेदवारी दर्ता गराउँदा लोसपा भने निरीह बनेको हो ।

एमाले, कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चालगायतका दलहरूले जित्ने दाबीसहित उम्मेदवारी दर्ता गराउँदा लोसपा भने आफ्नै पकड प्रदेश नं. २ मा समेत हच्किएको छ ।

जसपाबाट छुट्टिएर बनेको लोसपाले प्रदेश नं. २ मा श्यामसुन्दर सरदार र रूपा यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर, सरदार समानुपातिकको बन्द सूचीमा रहेकाले उनको उम्मेदवारी दर्ता हुन सकेन । यसपछि लोसपाले यादवको मात्रै उम्मेदवारी दर्ता गराएको छ ।

प्रतिकृया दिनुहोस्