×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

डेनमार्कलाई हराउँदै इंग्ल्यान्ड फाइनलमा

डेनमार्कलाई हराउँदै इंग्ल्यान्ड फाइनलमा

इंग्ल्यान्ड युरोकपको फाइनलमा पुगेको छ । सेमिफाइनल खेलमा डेनमार्कलाई २-१ गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड पहिलो पटक युरोकपको फाइनलमा पुगेको हो ।

इंग्ल्यान्डको जितमा अतिरिक्त समयको १०४औँ मिनेटमा ह्यारी केनले निर्णायक गोल गरेका थिए । इंग्ल्यान्डले पाएको पेनाल्टी हान्दै केनले हानेको पेनाल्टी डेनमार्कका गोलकिपरले बचाएपनि बाउन्स भएर आएको बललाई केनले गोलमा परिणत गरेका थिए । केनको यस युरोकपमा यो चौथो गोल हो ।

निर्धारित ९० मिनेटमा दुवै टिमबाट १-१ गोल भएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा खेलाइएको थियो । खेलको पहिलो हाफमा खेलको ३०औँ मिनेटमा मिकेल डाम्सगार्डले फ्रिकिकबाट सुन्दर गोल गर्दै डेनमार्कलाई शुरुवाती अग्रता दिलाएका थिए ।

त्यस्तै खेलको ३९औँ मिनेटमा इंग्ल्यान्डका बुकायो साकाले हानेको क्रस बललाई डेनमार्कका सिमन कजीरले आफ्नै पोष्टमा हानेपछि आत्मघाती गोल भएको थियो ।

इंग्ल्यान्ड ५५ वर्षपछि ठूलो प्रतियोगिताको फाइनलमा पुगेको हो । सन् १९६६ को विश्वकपको उपाधि जितेयता इंग्ल्यान्डले ठूला प्रतियोगिताको फाइनलसम्म पनि पुग्न सकेको थिएन । सन् १९६६ को विश्वकपमा इंग्ल्यान्डले पश्चिम जर्मनीलाई हराएर उपाधि जितेको थियो ।

इंग्ल्यान्डले अब फाइनलमा इटालीको सामना गर्नेछ । फाइनल खेल पनि आइतबार राति १२:४५ बजे वेम्ब्ली रंगशालामा हुनेछ ।

 
 

प्रतिकृया दिनुहोस्