×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

रूपा सुनारको मुद्दामा सर्वोच्चद्वारा छलफलका लागि दुवै पक्षलाई बोलावट

रूपा सुनारको मुद्दामा सर्वोच्चद्वारा छलफलका लागि दुवै पक्षलाई बोलावट

जातीय भेदभाव भएको भन्दै रूपा सुनारले दायर गरेको रिटमा सर्वोच्च अदालतले अग्राधिकार प्रदान गरेको छ । अन्तरिम आदेशको माग गर्दै दायर गरेको रिटमा सर्वोच्च अदालतले बुधबार सुनुवाई गर्दै छलफलका लागि दुवै पक्षलाई बोलाएको हो ।

न्यायाधीश कुमार रेग्मीको एकल इजलासले शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठसहितका विपक्षी र निवेदक पक्षलाई छलफलका लागि असार २९ गते बोलाएको हो ।

कोठा भाडा प्रकरणमा सञ्चारकर्मी रूपा सुनारले शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठसहित आफूलाई कोठा नदिने घरबेटी र प्रहरी परिसर टेकुलाई विपक्षी बनाएर कारबाहीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्। 

इजलासले विषयको संवेदनशिलता हेर्दा रिट निवेदन शिघ्रातिशिघ्र टुङ्गो लगाउन वाञ्छनीय भएको भन्दै सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ७३ बमोजिम निवेदनलाई अग्राधिकारसमेत प्रदान गरेको छ ।

 

प्रतिकृया दिनुहोस्