×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पहिलोपटकमै जिल्लाकै ठूलो पार्टी बन्यो रेशमको नागरिक उन्मुक्ति

पहिलोपटकमै जिल्लाकै ठूलो पार्टी बन्यो रेशमको नागरिक उन्मुक्ति

धनगढी- रेशम चौधरी संरक्षक रहेको नयाँ पार्टी यस वर्षको स्थानीय तहको निर्वाचनमा कैलालीमा सबैभन्दा ठूलो पाटी बनेको छ । जिल्लाका १३ मध्ये चार स्थानीय तहमा विजय हाँसिल गर्दै नागरिक उन्मुक्ति पार्टी जिल्लाकै ठूलो पार्टी बनेको हो ।पछिल्लो नतिजा अनुसार कैलालीको जानकी गाउँपालिकामा पनि विजय प्राप्त गरेसंगै नागरिक उन्मुक्तिले जिल्लामा चार पालिका आफ्नो नेतृत्वमा ल्याउन सफल बनेको छ । जानकी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा गणेश चौधरीले ७ हजार १ सय ५१ मत पाएर निर्वाचित भए ।

उनका निकटतम् प्रतिद्वन्द्वी सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका परशुराम महतोले ५ हजार २४२ मत पाए भने एमालेका टंकबहादुर बमले ४ हजार २४१ मत ल्याए । त्यसैगरी उपाध्यक्षमा नागरिक उन्मुक्ति पार्टीकै लालमतीदेवी कठरिया ६ हजार ५२६ मतसहित निर्वाचित भइन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेकी गीता चौधरीले ४ हजार ५ मत ल्याउँदा गठबन्धनबाट माओवादीका जयप्रकाश दहितले ४ हजार ५४८ मत प्राप्त गरे ।

कैलालीमा नागरिक उन्मुक्ति पार्टीले भजनी नगरपालिका, टीकापुर नगरपालिका र जोशीपुर गाउँपालिकामा पनि जित हात पारिसकेको छ । कांग्रेसले जिल्लाको गोदावरी नगरपालिका, कैलारी गाउँपालिका र लम्कीचुहा नगरपालिकासहित तीन पालिकामा विजयी भएर दोस्रो भएको छ ।

नेकपा एमाले र माओबादी केन्द्रले दुई/दुई र एकीकृत समाजबादीले एक स्थानीय तह जितेको छ । जिल्लाको गौरीगंगा नगरपालिका र मोहन्याल गाउँपालिका माओवादी केन्द्र र चुरे गाउँपालिका र बर्दगोरिया गाउँपालिकामा एमाले विजयी भएको छ ।

यस्तै घोडाघोडी नगरपालिकामा एकीकृत समाजवादी विजयी भएको छ । धनगढी उपमहानगरपालिकामा मतगणना जारी छ । यहाँ स्वतन्त्र उम्मेदवार गोपाल हमाल फराकिलो मतान्तरले अग्रता लिइरहेका छन् । यहाँ हमालले जित्ने निश्चित जस्तै बनेको छ ।

 

प्रतिकृया दिनुहोस्