×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

महिला युरोमा इंग्ल्यान्डको विजयी सुरुवात

महिला युरोमा इंग्ल्यान्डको विजयी सुरुवात

काठमाडाैँ । महिला युरोपियन च्याम्पियनसिप फुटबलमा आयोजक इंग्ल्यान्डले विजयी सुरुआत गरेको छ । गएराति भएको उद्घाटन खेलमा अष्ट्रियालाई १-० ले हराउँदै घरेलु टोलीले सुखद सुरुआत गरेको हो ।

इंग्ल्यान्डको जितमा बेथ मिडले निर्णायक गोल गरिन् । जितसँगै इंग्ल्यान्डले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ । महिला युरोमा १६ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी १६ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । हरेक समूहको शीर्ष दुई टोलीले नकआउट चरणमा स्थान बनाउने छन् ।

प्रतिकृया दिनुहोस्