×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

प्रशिक्षक अलमुताइरीले अन्तर्वातामा बोलेको कुरामा मागे माफी

प्रशिक्षक अलमुताइरीले अन्तर्वातामा बोलेको कुरामा मागे माफी

नेपाली राष्ट्रिय फुटबल टीमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले वरिष्ठ उपाध्यक्षसँगको विवाद र आफ्नो राजीनामाबारे मौन रहँदै एक अनलाईन अन्तर्वातामा बोलेको विषयप्रति माफी मागेका छन् ।

केहि समयअघि एक अनलाईन अन्तर्वातामा प्रशिक्षक अलमुताइरीले खेलाडीले मात्र खेलेर नहुने र पदाधिकारीहरू पनि सुध्रिनुपर्ने अभिव्यक्ति दिएका थिए । जसलाई लिए र एन्फा वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङले उनको आलोचना गरेका थिए । त्यसपछि उनले नेम्वाङलाई कारण देखाउँदै राजीनामा दिने घोषणा गरेका थिए ।

सोमबार फेसबूकमा स्टाटस लेख्दै अलमुताइरीले अनलाईनमा बोलेको कुराले केहि पदाधिकारी तथा फुटबल समर्थकमा असर परेको भन्दै माफी मागेका छन् । यद्यपि उनले आफ्नो राजीनामा र नेम्वाङका बारेमा भने केहि खुलाएका छैनन् ।

उनले सबै पूर्वखेलाडी तथा प्रशिक्षकप्रति आफ्नो सम्मान रहेको बताउँदै व्यक्तिगत दुर्भावना नभएको भन्दै नेपाली टीमले अझै लामो यात्रा तय गर्न बाँकी रहेको बताए ।

प्रतिकृया दिनुहोस्