×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

फूलपातीमा चार नेपाली फिल्म रिलिज, हल–बाँडफाँटको प्रश्न उठ्यो !

फूलपातीमा चार नेपाली फिल्म रिलिज, हल–बाँडफाँटको प्रश्न उठ्यो !

काठमाडौँ – यस वर्षको दशैं फूलपातीमा नेपाली फिल्म उद्योग अत्यन्तै व्यस्त हुँदैछ। चार बहुप्रतिक्षित नेपाली चलचित्रहरू – अभिमन्यु च्याप्टर वान, बलिदान, हरि बहादुरको जुत्ता र माइतीघर – एकैसाथ रिलिज हुने भएका छन्।

पहिले अभिमन्यु च्याप्टर वान भदौ २७ गते सार्वजनिक हुने तयारीमा थियो। तर जेन–जेड आन्दोलन र मुलुकको राजनीतिक अवस्थाका कारण रिलिज मिति पछाडि सारिएको हो।

यता सोही समय आसपास बलिउड फिल्म कान्तारा २ पनि प्रदर्शनमा आउने भएकाले नेपाली फिल्महरूको व्यापारमा असर पर्न सक्ने अनुमान गरिएको छ। यसैबीच, सामाजिक सञ्जालमा नेपाली फिल्मलाई प्राथमिकता दिनुपर्ने, कम्तीमा सबै फिल्मलाई उचित शो टाइम मिलाउनुपर्ने आवाज बलियो बनेको छ।

समर्थकहरूले भनेका छन्, “हलिउड र बलिउडका फिल्महरू विश्वका जुनसुकै बजारबाट कमाउन सक्छन्। तर नेपाली फिल्मले आफ्नै बजारमा ठाउँ पाउनुपर्छ। विदेशी फिल्म केही दिन ढिला रिलिज भए पनि ठूलो असर पर्दैन।” अभिमन्यु च्याप्टर वान, बलिदान, हरि बहादुरको जुत्ता र माइतीघर एकैसाथ रिलिज हुँदैछन्। तर चिन्ता भने अर्कै छ। बलिउड फिल्म कान्तारा २ पनि सोही समयमा आउने तयारीमा छ, जसले नेपाली फिल्मलाई शो टाइम पाउन गाह्रो बनाउन सक्छ।

सामाजिक सञ्जालमा धेरैले भावुक माग राखेका छन् – “देशकै चाड हो भने देशकै चलचित्रलाई प्राथमिकता देऊ। विदेशी फिल्महरू कहिल्यै पनि ढिलो भए असर पर्दैन, तर नेपाली फिल्मलाई आफ्नो माटोमै स्पेस नदिँदा कलाकार र सम्पूर्ण उद्योग निराश हुन्छ।”

फिल्म समीक्षकहरूले समेत जोड दिएका छन् – “यो समय नेपाली चलचित्रलाई सहयोग गर्ने हो भने दर्शक र उद्योग दुवैलाई फाइदा हुनेछ। दशैं जस्तै ठूलो पर्वमा नेपाली कथालाई ठूलो पर्दामा देख्न पाउनु हाम्रो गर्व हो।”

प्रतिकृया दिनुहोस्