×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

शिक्षकहरूद्वारा काठमाडौं महानगरको निर्देशन अवज्ञा, आन्दोलनमै जाने निर्णय

शिक्षकहरूद्वारा काठमाडौं महानगरको निर्देशन अवज्ञा, आन्दोलनमै जाने निर्णय

काठमाडौं - शिक्षकहरूले काठमाडौँ महानगरपालिकाको उर्दीको अवज्ञा गर्दै आन्दोलनमा सहभागी हुने निर्णय गरेका छन् । उनीहरुले बन्द हड्तालमा नजान काठमाडौं महानगरले गरेको उर्दीको अवज्ञा गर्दै आन्दोलनमै जाने निर्णय गरेका हुन् ।

बुधबार बसेको महानगरभित्रका ८४ जना प्रधानाध्यापकसहित शिक्षक कर्मचारीको बैठकले आजदेखि सुरु भएको आन्दोलनलाई निरन्तरता दिने र महानगरको उर्दीको अवज्ञा गरेर जाने निर्णय गरेको हो ।

काठमाडौं महानगरले विद्यालय बन्द नगर्न चेतावनी दिएको बेला उनीहरूले आन्दोलनमा जाने निर्णय गरेका छन् । पद्मोदय माविका प्रधानाध्यापक नारायण गौतमले आन्दोलनमै जाने निर्णय गरिएको बताउनुभयो। महानगरभित्रका ८४ जना प्रधानाध्यापककै हस्ताक्षरसहित निर्णय गरेर आन्दोलनबाट पछि नहट्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

काठमाडौं महानगरभित्रका सामुदायिक विद्यालयमा १ हजार ८०० शिक्षक छन् । उनीहरूले आन्दोलन हुँदासम्म विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् । आन्दोलनका कारण जति दिन विद्यालय बन्द गरियो त्यति दिन बिदाको समयमा पठनपाठन गरिने प्रधानाध्यापक गौतमले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्