×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

हवाई इन्धनको मूल्यमा भारी वृद्धि, पेट्रोल र ग्यासको मूल्य भने यथावत्

हवाई इन्धनको मूल्यमा भारी वृद्धि, पेट्रोल र ग्यासको मूल्य भने यथावत्

काठमाडौँ - नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा ठूलो वृद्धि गरेको छ। निगमले आज राति १२ बजेदेखि लागू हुने गरी हवाई इन्धनको नयाँ मूल्यसूची सार्वजनिक गरेको हो।

नयाँ निर्णयअनुसार आन्तरिकतर्फको हवाई इन्धनको मूल्यमा प्रतिलिटर १२४ रुपैयाँ वृद्धि गरिएको छ। यसअघि प्रतिलिटर १२७ रुपैयाँ रहेको इन्धनको मूल्य अब २५१ रुपैयाँ कायम भएको छ।

त्यस्तै, अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग हुने इन्धनको मूल्यमा पनि उल्लेख्य वृद्धि गरिएको छ। काठमाडौँमा प्रतिकिलोलिटर ९६६ डलरबाट बढाएर १७८५ डलर पुर्‍याइएको छ। पोखरामा १७३२ डलर र भैरहवामा १७१६ डलर कायम गरिएको निगमले जनाएको छ।

हवाई इन्धनको मूल्य बढे पनि सर्वसाधारणले प्रयोग गर्ने पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने एलपी ग्यासको मूल्य भने हाललाई यथावत् राखिएको छ। हवाई इन्धनको मूल्यमा भएको यो वृद्धिसँगै आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई भाडा समेत बढ्ने निश्चित देखिएको छ।

प्रतिकृया दिनुहोस्