×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

उम्मेदवार बन्न रास्वपाले खोल्यो ‘नगरपालिका क्यान्डिडेट क्लब’को आवेदन, यस्ता छन् योग्यता

उम्मेदवार बन्न रास्वपाले खोल्यो ‘नगरपालिका क्यान्डिडेट क्लब’को आवेदन, यस्ता छन् योग्यता

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै 'नगरपालिका क्यान्डिडेट क्लब' मा खुला आवेदन आह्वान गरेको छ।

पार्टीका महामन्त्री विपिन आचार्यले सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै देशभरका २७६ नगरपालिकाहरूमा प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा वडा सदस्य पदका सम्भावित उम्मेदवार छनोटका लागि आवेदन खुला गरिएको बताएका छन्। यस प्रक्रियामार्फत कुल २७६ नगर प्रमुख, २७६ उपप्रमुख, ३ हजार ११९ वडाध्यक्ष र १२ हजार ४७६ वडा सदस्य गरी १६ हजार १४७ पदका लागि आधिकारिक उम्मेदवार चयनको ढोका खोलिएको छ।

आफ्नै पालामा नगरको समृद्धिका लागि नेतृत्व लिन इच्छुक र स्पष्ट योजना भएका व्यक्तिहरूले रास्वपाको आधिकारिक मोबाइल एप (Mobile App) मार्फत लगइन गरी आवेदन दिन सक्नेछन्।

प्रतिकृया दिनुहोस्