विराटनगर- विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले अग्रतालाई कायम राखेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांग्रेसका नागेश कोइरालाले ७१२५ मत ल्याउँदा नेकपा एमालेका सागर थापाले ५४०६ मत प्राप्त गरेका छन् । कोइरालासँग थापाको मतान्तर बढेर १७१९ पुगेको छ ।
त्यस्तै स्वतन्त्र उम्मेदवार उमेश यादवको लालटिनले २४६१मत प्राप्त गरेका छन् । उपमेयर पदको लागि नेकपा एमालेको शिल्पा कार्कीले ६१७७ मत ल्याउँदा गठबन्धनका उम्मेदवार जसपाका अमरेन्द्र यादवले ४०७७ मत प्राप्त गरेका छन् ।
पछिल्लो मत परिणाम अनुसार गठबन्धनका उपमेयरका उम्मेदवार यादवभन्दा एमालेकी कार्कीले २१०० मतले अग्रता लिएकी छिन् । राप्रपाकी विन्दाकुमारी लुइँटेलले १४८६मत प्राप्त गरेकी छिन् ।