काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १३० रुपैयाँ ६३ पैसा र बिक्री दर १३१ रुपैयाँ २३ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रुपैयाँ ८० पैसा र बिक्री दर १४३ रुपैयाँ ४६ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६० रुपैयाँ ०३ पैसा र बिक्री दर १६० रुपैयाँ ७७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८० पैसा र बिक्री दर ३५ रुपैयाँ ९७ पैसा रहेको राष्ट्र बैङ्कले जनाएको छ।