×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

सी डिभिजन लिग: १४ टोलीको सहभागिता

सी डिभिजन लिग: १४ टोलीको सहभागिता

काठमाडौं - अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने शहीद स्मारक सी डिभिजन लिग बिहीबारदेखि शुरु भएको छ ।  उपत्यकाका ९ र उपत्यकाबाहिरका ५ गरी लिगमा १४ क्लबले प्रतिस्पर्धा गर्नेछन्। काठमाडौंबाट ५ र ललितपुरबाट ४ क्लबले सहभागिता जनाउँदैछन्।  उद्घाटन खेलमा सुर्खेतको आरसी ३२ एफसी र ललितपुरको खालीबारी युवा फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ। एन्फाले सी डिभिजन लिग करिब तीन महिना चल्ने जनाएको छ।

सिंगल राउण्ड रोविनका आधारमा हुने लिगमा कूल ९१ खेल हुनेछन्। खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुनेछ।  लिग विजेताले नगद १० लाख र उपविजेताले ७ लाख पाउनेछन्। यस्तै तेस्रो हुनेले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ। साथै ‘फेयर प्ले’ हुने टोलीले ५० हजार पाउनेछ।

प्रतिकृया दिनुहोस्