काठमाडौं- नेपाली फिल्म ‘प्रेमगीत ३’ चिनियाँ भाषामा डब गरेर चीनमा पनि रिलिज हुने भएको छ । प्रदीप खड्का अभिनित ‘प्रेमगीत ३’को चीनमा रिलिजका लागि मुम्बईमा वितरण कम्पनीहरु यूएफओ, मधु इन्टरटेनमेन्टसहित नेपाली र भारतीय निर्माताबीच पहिलो चरणको बैठक बसेको छ ।
फिल्म चीनमा रिलिजबारे सन्तोष सेनले तयारी भइरहेको जानकारी दिए । उनका अनुसार यूएफओले चिनियाँ हलमा फिल्म प्रदर्शन हुनेछ ।
फिल्मको कथावस्तु र हिमाली क्षेत्रको लोकेसन सेटअपले चिनियाँ दर्शकलाई पनि आकर्षित गर्न सक्ने देखिएकाले चिनियाँ पक्षले फिल्म प्रदर्शनका लागि आग्रह गरेपछि बैठक बसेको निर्माता समेत रहेका निर्देशक सेनले बताए ।
चीनमा हिन्दी र अंग्रेजी भाषा प्रयोगमा नआउने भएकाले चिनियाँ मन्डारियन भाषामै डब गर्नु पर्ने बाध्यता । चिनियाँ भाषामा फिल्म डब गर्न केहि समय लाग्ने भएकाले नेपाल, भारत रिलिज भन्दा केहि महिना ढिलो गरी चीनमा फिल्म प्रदर्शन हुने सेनले जानकारी दिए ।