×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

हाइज्याक भएको गठबन्धनलाई करेक्सन गर्न पक्षमा मतदान गर्‍यौँ : रामचन्द्र पौडेल

हाइज्याक भएको गठबन्धनलाई करेक्सन गर्न पक्षमा मतदान गर्‍यौँ : रामचन्द्र पौडेल

काठमाडौँ- नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलेले संविधान जोगाउन बनेको गठबन्धन हाइज्याक भएपछि कोर्स करेक्सनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको बताएका छन्।

मङ्गलवार संसद भवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संविधानमाथि आइपरेको खतरा बचाउनका लागि प्रचण्डलाई समर्थन गरेको उनको भनाइ छ।

‘संविधानमाथि आइपरेका खतरालाई हृदयङ्गम गरेर संविधान बचाउनका लागि प्रचण्डजीलाई मतदान गर्‍यौँ। संविधान रक्षाका लागि बनेको गठबन्धन हाइज्याक भयो यसलाई करेक्सन गर्न पक्षमा मतदान गर्‍यौँ,’ पौडेलले भने। बदलिएको राजनीतिक घटनाक्रमले राष्ट्रिय दलहरूबीच एकता र सहकार्य खोजेकाले सबैजना एक ठाउँमा उभिएको पौडेलले बताए।

प्रतिकृया दिनुहोस्