काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘जनयुद्ध दिवस’ लाई हिंसा दिवसको संज्ञा दिएका छन्।
उनले फागुन १ गते हिंसा दिवस भएको भन्दै त्यसलाई उत्सवका रूपमा सार्वजनिक बिदा दिन नहुने बताए।
‘जनयुद्ध दिवसलाई बार्षिक क्यालेन्डरमा बिदाका रूपमा राखिएको छ, त्यो हटाइन्छ,’ आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भने।
फरक प्रसंगमा अध्यक्ष ओलीले मिटरब्याजीहरूलाई कारबाही गरिनुपर्ने बताए।
‘हामीले मिटरब्याज पीडितहरुको बारेमा सरकारको ध्यानाकर्षण
गरेका छौँ। सरकारले ध्यान दिएर मिटरब्याजीहरुलाई कारबाही गर्नुपर्छ,’ उनले भने।