×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

प्रवास

जापानको परिवर्तित नियम कानुन र सुरक्षा सम्बन्धि बृहत गोष्ठी हुने

जापानको परिवर्तित नियम कानुन र सुरक्षा सम्बन्धि बृहत गोष्ठी हुने

टोकियो। जापानको राजधानी टोकियोमा जापानको परिवर्तित नियम कानुन र सुरक्षा सम्बन्धि बृहत गोष्ठी हुने भएको छ । गैर आवासीय नेपाली संघ जापान र बिहुँकोट समाज जापानको संयुक्त आयोजनामा जापानमा रहेका नेपाली नागरिकहरुलाई यहाँको परिवर्तित नियम र कानूनको बारेमा जानकारी दिने उद्देश्यले टोकियोमा उक्त गोष्ठी हुन लागेको हो।

‘जापानले बिदेशीलाई लक्षित गरेर पछिल्लो समय कानूनहरुको नियमित संशोधन र नयाँ कानूनहरु जारी गरिरहेको छ, यसरी परिवर्तन हुँदै आएका नियम–कानुन, सुरक्षा प्रणाली बारे जापानबासी नेपालीहरुलाई जानकारी गराउन आबश्यक ठानेर गोष्ठीको आयोजना गरेको आयोजक संस्थाले जानकारी दिएको छ । आगामी जनबरी ३१ तारिख शनिवार आयोजना हुने गोष्ठीका लागी टोकियो स्थित नेपाली दुतावास र नोगाता प्रहरीसंग सहकार्य गरिएको र सो कार्यक्रममा मुख्य वत्ताको रुपमा लामो समयदेखि जापानमा रहदै आउनुभएका विज्ञ दिनेशराज ज्ञवाली रहनुहुने भएको छ । 

प्रतिकृया दिनुहोस्