×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

निःसन्तान दम्पतीलाई मनमोहन अस्पतालले सुरु टेष्टट्युब बेबी सेवा

निःसन्तान दम्पतीलाई मनमोहन अस्पतालले सुरु टेष्टट्युब बेबी सेवा

काठमाडौँ- निःसन्तान दम्पतीलाई लक्ष्य गरेर राजधानीको स्वयम्भूमा रहेको मनमोहन अस्पतालमा आइभिएफ (टेष्टट्युब बेबी) सेवा आजदेखि सुरु भएको छ । सो सेवाको बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे र डा भोला रिजालले संयुक्तरूपमा मनमोहन आइभिएफ सेवाको उद्घाटन गरेका हुन् ।

मुख्यमन्त्री पाण्डेले मनमोहन अस्पतालको सेवा अझै फराकिलो र विस्तारित भएको बताए । मनमोहन शिक्षण अस्पतालले कलेजको मान्यता नपाउनु दुर्भाग्यपूर्ण भएको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले देशमा १९ जनाले निजी शिक्षण अस्पताल सञ्चालन गरिरहेको बेला दुई हजार ८०० जनाले लगानी गरेको र सहकारीको माध्यमबाट सञ्चालित मनमोहन अस्पताललाई योजनाबद्ध तरिकाले रोकिएको बताए । 

टेष्टट्युब बेबी सेवा सुरुआत कार्यक्रममा डा। भोला रिजालले नेपालमै टेष्टट्युब बेबी सेवाले नेपाली निःसन्तान दम्पतीलाई राहत हुने तथा यसले नेपाली पैसा स्वदेशमै राख्न भूमिका निर्वाह गर्ने बताए । कार्यक्रममा मनमोहन अस्पतालका निर्देशक डा। वंशीधर मिश्रले निःसन्तान दम्पतीको पीडालाई खुसीमा बदल्न यस्तो सेवा थप गरिएको जानकारी दिए ।

प्रतिकृया दिनुहोस्