×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

संसदमा अमरेशकुमार - आत्मदाह घटना हुनुको कारण खोज्नु पर्छ, छानबिन हुनुपर्छ

संसदमा अमरेशकुमार - आत्मदाह घटना हुनुको कारण खोज्नु पर्छ, छानबिन हुनुपर्छ

काठमाडौं- प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद् अमरेशकुमार सिंहले आत्मदाहका घटनाहरू हुनुको कारण खोज्नु पर्ने बताएका छन् । उनले देशका विभिन्न ठाउँमा भइरहेका आत्मदाहका घटनाहरूको कारण पत्ता लगाई त्यस्ता घटनाको निरुपणकालागि न्यायिक छानबिन समिति बनाउन मागसमेत गरे ।

‘आत्मदाहका घटनाहरू भइरहेका छन् । के कारणले एउटा नागरिक आत्मदाहका लागि प्रेरित भइरहेको छ ?,’ प्रश्न गर्दै उनले भने, ‘यसको छानबिन हुनुपर्छ । त्यसका लागि सरकारले एउटा न्यायिक छानबिन समिति गठन गरोस् ।’ 

उनले नागरिकको सामान्य जनजीवनसमेत चल्न नसक्ने अवस्था हुनु र त्यही कारण नागरिकले आत्मदाह गर्नुपर्ने परिस्थिति हुनु लज्जास्पद भएको बताए । 

प्रतिकृया दिनुहोस्