×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एमसीसी टेबुल हुन पनि राष्ट्रिय सहमति चाहिन्छ : सचेतक गुरुङ

एमसीसी टेबुल हुन पनि राष्ट्रिय सहमति चाहिन्छ : सचेतक गुरुङ

काठमाडौँ - माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देव गुरुङले एमसीसी टेबुल हुन पनि राष्ट्रिय सहमति आवश्यक रहने बताएका छन् । बुधबार बसेकाे प्रतिनिधि सभाकाे बैठकपछि पत्रकारहरूसँग प्रतिक्रिया दिँदै सचेतक गुरुङले यस्ताे बताएका हुन् एमसीसी संसद्‌बाट पारित हुन मात्रै नभइ टेबुल हुन मात्रै पनि राष्ट्रिय सहमतिकै आवश्यक पर्ने उनकाे भनाइ छ । सचेतक गुरुङले भनेका छन्, ‘एमसीसीजस्ताे विवादित विषय संसद्‌मा टेबुल हुन पनि राष्ट्रिय सहमति चाहिन्छ । पारित हुन त परैकाे कुरा भयाे ।’ 

विधायिकाले विधिकाे शासन मान्नुपर्ने उल्लेख गर्दै सचेतक गुरुङले भनेका छन्, ‘नामचाहिँ विधायिका तर विधिकाे मान्यता नमान्ने हुँदैन । जसरी कांग्रेसले एमसीसी टेबुल गरिहाल्नुपर्ने भनेर भन्याे, यसरी हुँदैन । त्यसका लागि पनि राष्ट्रिय सहमति नै चाहिन्छ ।’

प्रतिकृया दिनुहोस्