काठमाडौं - उपाधिको लागि दावेदार मानिएको अर्जेन्टिनामाथि ऐतिहासिक जित निकालेपछि साउदी अरेबियाका राजा सलमानले (बुधबार) एक दिन सार्वजनिक विदा दिने निर्णय गरेका छन् ।
साउदी अरेबियाका राजा सलमानले अर्जेन्टिनाविरुद्ध २–१ को जित निकालेपछि देशमा उत्सव मनाउन (बुधबार) एक दिन सार्वजनिक बिदा दिने घोषणा गरेका हुन् । यो सार्वजनिक विदा सार्वजनिक र निजी क्षेत्रका साथै देशभरका विद्यार्थीहरूको लागि लागू हुनेछ ।
पहिलो हाफमा १–० गोलले पछि परेको साउदीले दोस्रो हाफमा ८ मिनेटको अन्तरमा दुई उत्कृष्ट गोल गर्दै ऐतिहासिक पूनरागमन जित निकाल्न सफल भएको थियो । साउदीका लागि सालेह अलशेरी र सालेम अल्दावसारीले गोल गरे । अर्जेन्टिनाका लागि कप्तान लियोनल मेस्सीको गोल सान्त्वना बन्यो ।