काठमाडौं- कञ्चनपुरमा नेपाली कांग्रेसका नगर सभापति मृत अवस्थामा फेला परेका छन्। भीमदत्त नगरपालिका सभापति अच्युत कलौनीकोमृत फेला परेका हुन् । मामा भान्जा चोक नजिक घोप्टो परेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी गणेश चन्द, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी चक्रराज जोशी लगायतको टोली घटनास्थलमा पुगिसकेको छ । उनीहरुले घटनाबारे विभिन्न कोषबाट अनुसन्धान सुरु गरेका छन् ।
तालिमप्राप्त कुकुर पनि पुग्दै गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेशराज जोशीले अहिले शव भेटिएको बताउँदै थप तथ्य अनुसन्धानपछि मात्रै भन्न सकिने बताए ।