×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

जीवनशैली

तामाको भाँडामा राखिएको पानी पिउनुका फाइदा

तामाको भाँडामा राखिएको पानी पिउनुका फाइदा

परापूर्वकालदेखि घरेलु भाँडाकुँडाको रूपमा प्रयोग गरिँदै आएको तामाका भाँडाहरु उपयोग गर्दा स्वस्थ्यमा राम्रो असर पर्ने तथ्य त सुन्दै आएका थियौँ तर यो परम्परागत तथ्यले अब वैज्ञानिक मान्यता पनि पाउँदै गएको छ । हालसालै अमेरिकामा गरिएको अनुसन्धानले तामाका भाँडाकुँडामा खानेकुरालाई दूषित गरी विषाक्त बनाउने जीवाणुहरुलाई मार्न सक्ने अध्भूत क्षमता रहेको तथ्य पत्ता लागेको  छ ।

परीक्षणमा स्टीलका भाँडाहरुमा १ महिनासम्म जीवित रहने  “ई-कोली” नामक जीवाणु तामाका भाँडाकुँडाहरुमा चार घण्टा भन्दा ज्यादा बाँच्न नसक्ने तथ्य फेला परेको छ ।  त्यसैगरी बेलायतको बर्मिघम शहरको एउटा अस्पतालमा गरिएको अनुसन्धानले पनि यो तथ्यलाई पुष्टि गरेको छ ।  अस्पतालमा गरिएको शोधमा परम्परागत ट्वाइलेटमा प्रयोग भएका शिट, धारा, हैण्डल, पुश-प्लेटलाई हटाएर तामाका सामग्रीहरु प्रयोग गर्दा परम्परागत शौचालय को तुलनामा तामाका सामग्री जोडिएको सतहमा जीवाणुहरुको संख्या ९० देखि १०० प्रतिशत कम पाइएको थियो ।

वैज्ञानिकहरूका अनुसार तामा धेरै उपयोगी धातु हो । तामाको भाँडामा  राखेको पानी पिउनाले छालामा  निखार आउँछ ।  त्यसैगरी पेट तथा उदर रोगमा पनि विशेष फाइदा  पुग्दैछ ।  पेटका  कृमिहरु नाश गर्दछ ।  अपच, अजिर्ण, भोक नलाग्ने, ग्यास, बायु गोला, कब्जियतमा पनि विशेष फाइदा पुर्‍याउँछ । यसैगरी डन्डिफोर, घमौरा, लुतो, पिलो, घाउ, खटिरा आइरहने अवस्थामा पनि तामाको भाँडामा राखेको पानीले फाइदा पुर्‍याउँछ ।

१. आयुर्वेदका अनुसार तामाको भाँडामा पानी खानाले तीनैवटा दोष (वात, कफ र पित्त) लाई सन्तुलित पार्ने क्षमता हुन्छ । तामाको भाँडामा राखिएको पानीलाई ‘ताम्रजल’ भनिन्छ । यसका लागि तामाको भाँडामा कम्तीमा ८ घण्टा राख्नुपर्छ ।

 
२. तामाको भाँडामा पानी राख्नाले तामा बिस्तारै पानीमा मिसिएर सकारात्मक गुण प्रदान गर्छ । यसको सबैभन्दा राम्रो पक्ष भनेको यसमा राखिएको पानी कहिल्यै पनि बेस्वादको हुँदैंन । त्यसैले लामो समयसम्म तामाको भाँडामा पानी राख्न सकिन्छ ।

३. तामामा प्राकृतिक रुपमा ओलीगोडिनेमिकको रुपमा (ब्याक्टेरियामा धातुलाई स्टेरलाइज्ड) मानिन्छ । यसमा राखिएको पानीको सेवनले पेटमा भएको ब्याक्टेरिया सजिलै नष्ट गर्न सक्छ । यस्तै, पानीजन्य रोग डाइरिया, कमलपित्तजस्ता रोग रोक्न पनि उपयोगी मानिन्छ ।

 
४. थाइरेक्सिन नामक हर्मोनको असन्तुलनका कारण थाइराइडको रोग लाग्छ । तामाको भाँडामा राखिएको पानी पिउनाले शरीरमा थाइरेक्सिन हर्मोन नियन्त्रित हुन्छ र यो हर्मोन निकाल्ने ग्रन्थीको कार्यप्रणालीलाई पनि नियन्त्रित गर्छ ।

 
५. तामामा मष्तिष्कलाई उत्तेजित गर्ने गुण हुन्छ । यो गुणको उपस्थितिमा मष्तिष्कले तीब्रता र कुशलतापूर्वक काम गर्न मद्दत गर्छ ।

प्रतिकृया दिनुहोस्