×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मलाई मन्त्री बन्नु छैन, दलको नेता बन्ने हो : गगन थापा

मलाई मन्त्री बन्नु छैन, दलको नेता बन्ने हो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीले अब औपचारिक रूपमा सरकार गठनको पहल गर्ने बताएका छन् । संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवासँग पराजित भएपछि प्रक्रिया दिँदै थापाले यस्तो बताएका हुन् । 

उनले आफू भने सरकारमा नजाने स्पष्ट पारे । ‘पार्टीले संसदीय दलको नेता पाएसँगै सरकार गठनबारे पहल अगाडि बढ्छ । प्रधानमन्त्री, राष्ट्रपतिबारे साझेदार दलसँग पनि कुराकानी हुन्छ,’ उनले भने, ‘म संसदीय दलको नेताको उम्मेदवार हो, यसैको लागि तयारी गर्छु। सरकारका जाने कुरै भएन ।’

संसदीय दलको नेता चुन्न बिहान भएको मतदानमा देउवा ६४ मतका साथ दलको नेतामा निर्वाचित हुँदा गगनले २५ मत मात्र पाएका छन् ।

प्रतिकृया दिनुहोस्