×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

क्रिकेटर दीपेन्द्रले पाएको कारको कर शारडा ग्रुपले बेहोर्ने

क्रिकेटर दीपेन्द्रले पाएको कारको कर शारडा ग्रुपले बेहोर्ने

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सर्वात्कृष्ट नेपाली खेलाडी दिपेन्द्र सिंह ऐरीले पाएको कारको कर शारडा ग्रुपले दिने भएको छ ।


एसपीजी अटोमोबाइल्स प्रालि (ओमोडा एन्ड जेइकोको लागि नेपालमा आधिकारिक वितरक)को अभिभावक कम्पनि शारडा ग्रुपले कर आफै दिने निर्णय गरेको हो ।


दिपेन्द्र सर्वात्कृष्ट खेलाडी हुँदै ओमोडा इफाइभ डिलक्स एसयुभी पाएका थिए । ओमोडा एन्ड जेइको एनपीएलको पहिलो संस्करणको लागि ‘ड्रिभन बाइ’ सह–प्रायोजक हो ।

कार दिने कम्पनी शारडा ग्रुपले नै कर तिरिदिने बताएको छ । शारडा ग्रुपका अध्यक्ष शिव रतन शारडाले अहिले खेलाडीलाई धेरै भार नपरोस् भनेर आफूहरुले नै कर दिने बताएका छन् ।

‘दिपेन्द्रलाई हामीले ६२ लाखको कार दियौं । ६०–६२ लाखको कार नै दिइसकेपछि १५ लाखमा चित्त किन सानो बनाउनु भनेर कर तिरिदिने निर्णय गरेका हौं,’ शारडाले भने । आयकर ऐन अनुसार नेपाल सरकारले पुरस्कारमा लाग्ने करमा छुट भने दिन सक्छ । नेपाल सरकार मन्त्रिपरिषद्ले निर्णय गरी दिपेन्द्रले पाएको पुरस्कारमा कर छुट दिने सक्ने व्यवस्था आयकर ऐनमा छ ।

प्रतियोगितामा सुदूरपश्चिम रोयल्स उपविजेता बन्दा टिमका कप्तान ऐरी उत्कृष्ट खेलाडी बने । ऐरीले प्रतियोगिताभर ९ खेलमा १ अर्धशतकसहित २२७ रन बनाएका छन् ।
बलिङतर्फ उनले ९ खेलमा ९ विकेट लिए । प्रतियोगिताभर उत्कष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई ओमेडाले ओमोडा ई–५ कार प्रदान गरेको छ ।

ऐरीले पाएको आयकर ऐनको दफा ८८ ‘क’ अनुसार कार पुरस्कारमा आकस्मिक लाभ कर तिर्नु पर्नेछ । ऐनको दफा ८८’क’ को उपदफा १ मा साहित्य, संस्कृति, खेलकुद, पत्रकारिता, विज्ञान, प्रविधि तथा सार्वजनिक प्रशासन क्षेत्रमा योगदान पुर्‍याए बापत प्राप्त हुने राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका पाँच लाख रुपैयाँसम्मको पुरस्कारमा आकस्मिक लाभ कर लाग्ने छैन भनिएको छ ।


यसअनुसार उनले विगतमा पाँच लाख सम्मको पुरस्कार नपाएको अवस्थामा १४ लाख २४ हजार रुपैयाँ कर तिर्नु अवस्था थियो । यसअघि ५ लाख बराबरको पुरस्कार पाइसकेको भए कारको १५ लाख ५० हजार रुपैयाँ कर बुझाउनु पर्ने छ ।

प्रतिकृया दिनुहोस्