×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

क्रिकेट विश्वकप लिग २ : नेपालले यूएईलाई छ रनले पराजित

क्रिकेट विश्वकप लिग २ : नेपालले यूएईलाई छ रनले पराजित

काठमाडाैँ ।  नेपालले क्रिकेट विश्वकप लिग २ मा शुक्रबार यूएईलाई डकवर्थ लुईस पद्धतिमा ६ रनले पराजित गरेको छ । लिग २ को यस शृंखलाको ३ खेलमा नेपालको यो दोस्रो विजय हो । नेपालले पहिलो खेलमा पनि यूएईलाई ३७ रनले पराजित गरेको थियो ।

यसअघि दीपेन्द्रसिंह ऐरीको १ सय रन बनाएपछि  संगै cwc लिगमा लगातार ३ अर्ध सतक बनाउने पहिलो ब्याटर पनि बनेका छन टस जितेर ब्याटिङमा आएको नेपालले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा निर्धारित ५० ओभर खेली ७ विकेट गुमाई २ सय ८९ रन बनाएको थियो । यूएईले ४.१ ओभरमा ३६ रन बनाएको समयमा वर्षाले १ घन्टाभन्दा बढी समयको खेल बिथोलेको थियो । त्यसपछि यूएईले ३८ ओभरमा २ सय ५५ रन बनाउनु पर्ने विजय लक्ष्य पाएको थियो । तर जबाफमा आएको यूएईले ८ विकेट गुमाई २ सय ४८ रनमात्र बनाउन सक्यो ।

यूएईबाट मोहम्मद साहदादले सर्वाधिक ६५ रन बनाए । उनले ७२ बल खेली ४ चौका र २ छक्का प्रहार गरे । साहदाद र हरप्रित सिंहले तेस्रो विकेटमा ८० रनको साझेदारी गर्दा यूएई विजयतर्फ अग्रसर भएको थियो । हरप्रितलाई सोमपाल कामीले र साहदादलाई सन्दीप लामिछानेले आउट गरे । हरप्रितले ४० बल खेली ५ चौका प्रहार गरि ४१ रन बनाए ।

ओपनरद्वय अबिद उस्मानी १४ र आर्यन्श शर्मा ३३ रनमा आउट भए । आर्यन्शले ३२ बल खेली ३ चौका र २ छक्का प्रहार गरे । कप्तान मोहम्मद वासिम र मोहम्मद जुहैब समान १ रनमा आउट भए । तर खुजैमा तान्भिर र अक्शदिप नाथले सातौं विकेटमा ४४ बलमा ७६ रनको साझेदारी गरि यूएईलाई विजयको नजिक पुर्याएका थिए । अन्तिम ओभरमा यूएईलाई विजयका लागि १५ रन चाहिने अवस्थामा नन्दन यादवले ८ रनमात्र खर्चेर नेपाललाई सनसनीपूर्ण विजय दिलाए । अक्शदिप ३६ रनमा अविजित रहे । उनले ३२ खर्चेर समान २ चौका र छक्का प्रहार गरे । तान्भिरले २६ बल खेली २ चौका ५ छक्का प्रहार गर्दै ४९ रन बनाए ।

सन्दीपले ८ ओभरमा १ मेडन राख्दै ३६ रन खर्चेर ३ तथा सोमपालले ८ ओभरमा ५६ र नन्दनले ७ ओभरमा ६२ रन खर्चेर २–२ विकेट लिए । दीपेन्द्र सिंह एरि एकदिवसीय अन्तर्राष्ट्रियमा दुई शतक बनाउने नेपालका दोस्रा खेलाडी हुन् । रोहित पौडेलले पनि एकदिवसीय अन्तर्राष्ट्रियमा दुई शतक बनाएका छन् । दीपेन्द्रले आफ्नो पहिलो शतक २०२२ को मार्चमा कीर्तिपुरमै पपुवा न्यु गिनीविरुद्ध १ सय ५ रन बनाउदै पुरा गरेका थिए ।

यसअघिका दुई खेलमा पनि दीपेन्द्रले यूएई र ओमानविरुद्ध अर्धशतक बनाएका थिए । दीपेन्द्रले ९४ बल खेली १३ चौका र १ छक्का प्रहार गरे । दीपेन्द्र र गुलशन झाले छैटौं विकेटमा ७८ बलमा १ सय २ रनको साझेदारी गरे ।
गुलशनले ३८ बल खेली ४ चौका र २ छक्का प्रहार गर्दै ४४ रन बनाए । उनी इनिङ्सको अन्तिम बलमा आउट भए । अन्तिम बलको सामना गर्न आएका सोमपाल कामीको ब्याटमा बल नलागेपछि रन लिन दौडिएका दीपेन्द्र स्ट्राइक एन्डमा रनआउट भए ।

चार वर्षपछि एकदिवसीय अन्तर्राष्ट्रिय खेलिरहेका ३६ वर्षे विनोद भण्डारीले ५६ रन बनाएका थिए । नेपालबाट सबैभन्दा बढि उमेरमा अर्धशतक बनाउने खेलाडी बनेका विनोदले ७९ बल खेली ७ चौका प्रहार गरे । नेपालले ओमानसँग १ सय २ रनले पराजित अघिल्लो खेल खेलेको टोलीबाट चार खेलाडी परिवर्तन गर्दै विनोदसहित अर्जुन कुमाललाई अवसर दिएको थियो । विनोद र अर्जुनलाई नेपाली टोलीमा स्थापित रहे पनि एकरुपको प्रदर्शन गर्न नसकेका आसिफ र कुशल भुर्तेलको स्थानमा ल्याइएको थियो 
एकदिवसीय अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गरेका अर्जुन २२ बल खेली २ चौका प्रहार गर्दै ११ रनमा आउट भए । अर्जुनलाई आउट गरेका अजय कुमारले अर्को ओभरमा भीम सार्कीलाई शुन्यमा आउट गरेपछि नेपाल दबाबमा परेको थियो ।

कप्तान रोहित पौडेलले ३९ रन बनाए । उनले ४८ बल खेली ३ चौका प्रहार गरे । आरिफ शेख ११ रनमा आउट भए । यूएईका जुनाइद सिद्धिकी र अजयले २–२ विकेट लिए ।

प्रतिकृया दिनुहोस्