काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ४६० जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८० हजार ९८४ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा थप २०१ जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौँका १६१, ललितपुरका २८ तथा भक्तपुरका १२ जनामा संक्रमण पुष्टि भएको हो।
मंगलबार १५३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७४ हजार ३१८ पुगेको छ।
हाल देशभर ३ हजार ६ सय ८ जना सक्रिय संक्रमित रहेका छन्। गत २४ घण्टामा ४ हजार ३ सय ८६ पीसीआर तथा ८ सय १७ एन्टिजेन परीक्षण गरिएको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ५ जनाको मृत्यु भएको छ। देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ५८ पुगेको छ।