सोल । नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको ७औँ अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ।अधिवेशनमा नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसाल प्रमुख अतिथिका रूपमा सहभागी भई सम्बोधन गर्नुभएको थियो भने नेपाली कांग्रेस संसदीय दलका सचेतक निस्कल राईले अनलाइनमार्फत शुभकामना व्यक्त गर्नुभएको थियो। दक्षिण कोरियाका लागि कार्यवाहक नेपाली राजदूत निर्मल प्रसाद भट्टराईको उपस्थितिले कार्यक्रमलाई थप गरिमामय बनाएको समितिले जनाएको छ।
समितिले विभिन्न राजनीतिक दलका प्रतिनिधि, एनआरएनए दक्षिण कोरिया, एमटीयू, नेपाल आदिवासी जनजाति महासंघ, नेपाल पत्रकार महासंघ, विभिन्न प्रदेश समाज, विद्यार्थी, पत्रकार, व्यवसायी, निर्वाचन तथा विधान समिति, सल्लाहकार, स्वयंसेवक र सम्पूर्ण सहभागीप्रति विशेष धन्यवाद व्यक्त गरेको छ।
अधिवेशनबाट भजिन्द्र बहादुर क्षेत्री पुन: सभापतिमा निर्वाचित हुनुभएको छ। उपसभापतिमा सागर मांङमु र खेमराज देवकोटा, महामन्त्रीमा डा. केशव थापा र बमबहादुर तामाङ (रवि प्रताप), सहमहामन्त्रीमा विजय लामिछाने र शिवराज केसी निर्वाचित हुनुभएको छ। त्यसैगरी सदस्य तथा क्षेत्रीय प्रतिनिधिहरू पनि सर्वसम्मत रूपमा चयन भएका छन्।
यस्तै, महाधिवेशन प्रतिनिधिका रूपमा डा। सङ्गीता कार्की कुँवर, गिरीबहादुर कुँवर, नवराज शिवाकोटी, डा टिकाराम अर्याल, विपिनकुमार गुरुङ र जितबहादुर कुँवर निर्वाचित हुनुभएको छ।
समितिले नवनिर्वाचित नेतृत्वले संगठनलाई अझ सुदृढ, सक्रिय र प्रभावकारी बनाउँदै दक्षिण कोरियामा रहेका नेपाली कांग्रेस समर्थक तथा नेपाली समुदायको हितमा उल्लेखनीय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ।