काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार एक कार्यक्रममा अभिव्यक्त गरेका धारणाप्रति विश्व हिन्दू परिषद नेपालले आपत्ति जनाएको छ ।
आफ्नै पार्टीको विज्ञान तथा प्रविधि विभागद्वारा आयोजित राष्ट्रिय विज्ञान दिवस कार्यक्रममा प्रचण्डले हिन्दू धर्मलाई आघात पुग्ने गरी अराजक धारणा व्यक्त गरेको भन्दै परिषदले आपत्ति जनाएको हो ।
आज आइतबार एक विज्ञप्ति जारी गर्दै परिषदले भनेको छ, ‘हिन्दू धर्मलाई आघात पुग्ने गरी व्यक्त गरेको अराजक टिप्पणीप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । बहुसंख्यक जनताहरूको धार्मिक आस्था एवम् मनोभावनामाथि ठाडो प्रहार गर्दै अभद्र टिप्पणी गर्नु अक्षम्य, निन्दनीय एवम् दुर्भाग्यपूर्ण रहेको छ ।’
हिजो आयोजित कार्यक्रममा प्रचण्डले समाजमा ३३ कोटी देवतालाई पूजा गर्दै हिँड्ने तर मानिसलाई लात हान्दै हिँड्ने प्रचलन रहेको बताएका थिए । उक्त अभिव्यक्तिले समग्र हिन्दू धर्मप्रति आस्थावान नेपाली जनमानसको भावनालाई उपहास गरेको परिषद्को भनाइ छ ।
‘हजारौं नेपालीको हत्या आरोपित माओवादी अध्यक्ष प्रचण्डले हरेक व्यक्तिमा बाहिर एउटा भित्र अर्कै कुरा हुने गरेको भन्दै सम्पूर्ण समाजको चरित्र माथि प्रश्नचिह्न लगाएका छन्,’ परिषद्द्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्ति: