×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

दीपक मनाङे निर्विरोध निर्वाचित

दीपक मनाङे निर्विरोध निर्वाचित

काठमाडौँ - ४ मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि मनाङ निर्वाचन क्षेत्र नम्बर ‘ख’बाट प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिएका राजीव गुरुङ उर्फ दीपक मनाङे निर्विरोध निर्वाचित भएका छन् । यसको औपचारिक घोषणा भने हुन बाँकी छ ।  

४ मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि मनाङ निर्वाचन क्षेत्र नम्बर ‘ख’बाट प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिएका राजीव गुरुङ उर्फ दीपक मनाङे निर्विरोध निर्वाचित भएका छन् । यसको औपचारिक घोषणा भने हुन बाँकी छ । त्यो क्षेत्रमा उनको प्रतिस्पर्धामा अरु कोही नभए पछि उनी निर्विरोध भएका हुन् । उनले स्वतन्त्र रुपमा उम्मेदवारी मनोनयन गराएका थिए ।

उनीसँग प्रतिस्पर्धामा उत्रिएका अर्का स्वतन्त्र उम्मेदवार दोर्जे लामा गुरुङले आज आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी फिर्ता लिनका लागि उनले प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिइसकेका छन् । 

निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिन चाहनेका लागि आज दिउँसो ३ बजेसम्मको समय दिएको छ । निर्वाचन अधिकृतको कार्यालय मनाङका सहायक निर्वाचन अधिकृत तारादत्त बडूले दिएको जानकारीअनुसार दोर्जे लामाले उम्मेदवारी फिर्ताका लागि निवेदन दिएका छन् । यसको सूचना दिउँसो ३ बजे निकालिने पनि उनले जानकारी दिएका छन् । 

निर्वाचन अधिकृतको कार्यालयले यो सूचना प्रकाशन गरेपछि मनाङे आगामि ४ मंसिरमा हुने निर्वाचनमा प्रतिस्पर्धामा नै बस्नु पर्ने छैन । उनी निर्विरोध भएको सूचना निर्वाचन अधिकृतको कार्यालयले नै टाँस गर्ने छ । यसअघि पनि मनाङे स्वतन्त्र रुपमा प्रदेश सभा सदस्य भएका थिए । 

प्रतिकृया दिनुहोस्