×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

प्रवास

एनआरएनए जापानको अधिवेशनको मिति तय,आगामी नेतृत्वका लागी तिन जनाको चर्चा

एनआरएनए जापानको अधिवेशनको मिति तय,आगामी नेतृत्वका लागी तिन जनाको चर्चा

टोकियो – एनआरएनए जापानको अधिवेशन आगामी जुलाई २० तारिख आइतबार हुने भएको छ । नेपाल पत्रकार महासंघ जापानका संस्थापक अध्यक्ष तिलक मल्लको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेसगैँ निर्वाचनको प्रक्रिया अगाडी बढेको छ । मल्लको सयोजकत्वमा गठित निर्वाचन समितिमा समितिमा भूपिगोविन्द श्रेष्ठ र केशर गिरी सदस्य रहेका छन् । अधिवेशनको लगत्तै अर्को हप्ता अर्थात जुलाई २७ मा निर्वाचन सम्पन्न गर्ने गरी तयारी गरिने प्रवक्ता खगराज गौतमले जानकारी दिनुभयो । 

यसैगरी यहि जून २९ तारिख आइतबारका दिन एनआरएन जापानका १२ वटै क्षेत्रमा क्षेत्रीय अधिवेशनहरु सम्पन्न गर्ने कार्यक्रम रहेको महासचिव टिकाराम खरेलले जानकारी दिनुभयो । उहाँका अनुसार क्षेत्रीय अधिवेशन सकिएसंगै केन्द्रको अधिवेशनका लागि आवश्यक तैयारीहरु थालिने भएको छ । 

अधिवेशन नजिकिदैं गर्दा आगामी नेतृत्वका दाबेदारहरुको सक्रियता एकाएक बढेको छ । एनआरएन जापानको आगामी नेतृत्वका लागि हालका उपाध्यक्षत्रय सचिन श्रेष्ठ, सुभाष लामिछाने र सिध्दार्थ श्रेष्ठ आ(आफ्नो पक्षमा माहौल बनाउने कसरतमा होमिई सकेका छन् । गत पटक उपाध्यक्षको निर्वाचनमा पहिलो, दोस्रो र पांचौ स्थानमा विजयी भएका श्रेष्ठ, लामिछाने र श्रेष्ठ पुनः अध्यक्ष पदका लागि भिड्ने लगभग पक्कापक्की जस्तै देखिन्छ । उसो त उम्मेदवारी दर्ता गर्ने आधिकारिक तिथिमितिसम्म अरु दावेदारहरु पनि थपिन सक्ने संभावना  देखिन्छ ।

यसैगरी महासचिवमा हालका प्रवक्ता खगराज गौतम र गतपटक महासचिवमा पराजित श्याम शितलको चर्चा छ । यी दुबैको आधारक्षेत्र हाल नागोया रहेको छ । एनआरएनएको धुरीमा चुलिएको विवादको बाछिटा र ध्रुबिकरणको असर एनसीसी जापानको निर्वाचनमा पनि पर्नसक्ने स्पष्ट संकेतहरु देखिन थालेका छन् । बद्रि केसी भर्सेस महेशकुमार श्रेष्ठका रुपमा देखिएको केन्द्रको विवाद र पक्षधरताका आधारमा कित्ता क्लियर गरेर उम्मेदवारहरु मैदानमा उत्रिन सक्ने र सोहीअनुसार मत विभाजन हुनसक्ने आंकलन सबैतिरबाट गर्न थालिएको छ ।

प्रतिकृया दिनुहोस्