×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

प्रवास

जापानमा सभ्य कार्यक्रम : अध्यक्षका दुई प्रत्यासीले देखाएको आत्मियताले पररर ताली

जापानमा सभ्य कार्यक्रम : अध्यक्षका दुई प्रत्यासीले देखाएको आत्मियताले पररर ताली

जापान ।  जुलाई १२ तारिख शनिवार, जापानको टोकियोमा रहेको शिनओकुबु क्षेत्र जहाँ सधै जसो नेपालीहरुको जमघट हुने ठाउँ अझ भनौँ व्यापारिक केन्द्र सोही क्षेत्रमा रहेका दुई रेष्टुरेन्टमा यस हप्ताको शनिवार नेपालीहरुको खचाखच उपस्थिती रह्यो, प्रसगं थियो गैर आवासिय नेपाली संघ (एनआरएनए) जापानको आगामी दुई बर्षे कार्यकालका लागी अध्यक्ष पदमा उम्मेदवारी घोषणा तथा भेटघाट कार्यक्रम ।

एनआरएनए जापानको निर्वाचनको मिति नजिकीए सगैँ विभिन्न पदमा उम्मेदवारी दिने उम्मेदवारहरुको प्रचार प्रसारले सामाजिक सञ्जाल तातिरहेका बेला अध्यक्षका लागी दुई उम्मेदवारले एकै क्षेत्रमा एकै दिन घोषणा सभा आयोजना गरेपछि सामाजिक सञ्जाल मात्रै होईन शिनओकुबु क्षेत्र पनि एकाएक जुरमुरायो । एनआरएनए जापानको वर्तमान कार्यसमितीका दुई उपाध्यक्ष सुभाष लामिछाने र सिद्धार्थ क्षेष्ठले एकैदिन उम्मेदवारी घोषणा सभा गरेपछि उनिहरुका समर्थकहरु आफ्नो उम्मेदवारलाई जिताउने कसरतमा लागीसकेका छन् । 

पहिला एकै दिन एकै समयमा दुबै प्रत्यासीले घोषणा सभा गर्ने तय गरेर नेपालीको मन खिन्न पारेका भएपनि पछि आपसी सहमतीका आधारमा घोषणा सभाको कार्यक्रम लामिछानेले एक घण्टा अगाडी सारे भने श्रेष्ठले एक घण्टा पछाडी ।  जसका कारण दुबै कार्यक्रममा नेपालीहरु सहभागी हुन पाए । अघिल्ला धेरै जसो निर्वाचनहरुमा हामीले देख्दै र भोग्दै आएका थियौँ एकले अर्कालाई सक्दो आरोप गरि आफु चोखीन खोज्ने र आफू मात्रै बलियो उम्मेदवार हुँ भन्ने जवरजस्त प्रचार प्रचार । तर यसपाली अध्यक्षका दुई प्रत्यासी लामिछाने र श्रेष्ठले देखाएको एक अर्काप्रतिको सम्मान र आत्मियताले सारा नेपालीको मन जितेको छ ।

दिउँसो दुई बजे देखि बेम्बो छेँ रेष्टुरेन्टमा भएको सुभाष लामिछानेको उम्मेदवारी घोषणा सभामा कसैले कसैलाई आरोप प्रत्यारोप लान्छना लाएको सुनिएन । यता ४ बजेदेखि सोलमारी मुरा हलमा भएको अर्का अध्यक्षका प्रत्यासी सिद्धार्थ श्रेष्ठको घोषणा सभामा पनि कतै आरोप प्रत्यारोप सुनिएन । अझै गज्जवको कुरा त के छ भने लामिछानेको कार्यक्रममा श्रेष्ठ उपस्थित भएका थिए भने श्रेष्ठको कार्यक्रममा लामिछाने उपस्थित भए । लामिछानेले त श्रेष्ठले गरेको कार्यक्रमको मञ्चमै गएर भने - निर्वाचन एउटा प्रक्रिया हो हाम्रा समर्थकहरु प्रतिष्प्रधा नगरिदिनुहोला, हामी हारेपनि जितेपनि स्विकार्न तयार भएर मैदानमा आएका छौँ तपाईहरु स्व विवेकले मतदान गरिदिनुहोला एक अर्काको विरोध नगरौ, विरोधले समाज भाँडिन्छ हामी समाज जोड्न आएका हौँ हामी बनाउन आएका हौँ  उनकाे याे कुरा सुनेपछि हलमा पररर ताली बज्याे ।

दुबै जनाले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा एकीकृत नेपाली घरः बहुसांस्कृतिक केन्द्र निर्माण तथा सञ्चालन, संघको पुनसंरचना, स्मार्ट एनआरएनए लगायतका विषय लगभग उस्तै उस्तै कुराहरु रहेको भएपनि लामिछानेले छोडेका केहि कुरा श्रेष्ठले जोडेका छन् भने श्रेष्ठले छोडेका  केही कुरा लामिछानेको प्रतिबद्धतामा समेटिएको छ । प्रतिबद्धता पत्रमा अनेक थरि नारा दिएर जनता झुक्याउने तर जितेर गएपछि कार्यन्वयन गर्दै नगर्ने परिपाटी व्यापक भईरहेको विगतलाई सम्झेर कार्यन्वयन हुने कुरामा केहि शंका भने यसपाली पनि बिद्यमान छ ।

समग्रमा दुबै प्रत्यासीले आयोजना गरेकाे घाेषणा सभा सम्य र भव्य भएकाे भएपनि अन्य कार्यक्रममा जस्ताे केहि अतिथीहरूले  नचाहिने  समय लिएर बाेलेका पट्यायारलाग्दा भाषणहरूले भने पुरानै कार्यक्रमहरूकाे झल्को दिएकाे थियाे । निर्वाचनको प्रक्रियामा गएपछि एकले जित्ने एकले हार्ने पक्का हो हारेकाले जितेकाले सहयोग गर्ने र जित्नेले आफ्नो प्रतिवद्धता पत्रमा समेटिएका कुरा कार्यन्वयन गर्न सक्यो भने पक्कै पनि एनआरएनए जापान संसारकै सबैभन्दा उत्कृष्ट बन्नेछ । दुबैजनालाई ईन्द्रेणी टाईम्स डटकम को तर्फवाट हार्दिक शुभकामना ।

प्रतिकृया दिनुहोस्