काठमाडौँ- रुसमा युद्धविरोधी प्रवचन दिने एक पादरीलाई पक्राउ गरिएको छ । आइतबार पक्राउ परेका ती पादरीलाई आज अदालतमा पेस गरिने बीबीसीले उल्लेख गरेको छ ।
पादरी जोन बुर्दिनलाई काराबानोभो गाउँमा आयोजित एउटा धार्मिक भेलापछि पक्राउ गरिएको थियो । युद्धविरुद्ध धर्मोपदेश दिँदै उनले स्थानीयवासीलाई युक्रेनी सहरहरूमा जारी गोलाबारी र विनाशबारे बताएका थिए । सशस्त्र सैन्य बल प्रयोगको बदनाम गरेको आरोप प्रहरीले उनलाई लगाएको छ ।
गत साता रुसको संसद्ले त्यसो गर्नुलाई अपराध मानेको छ । युक्रेनविरुद्ध युद्ध सुरु गरेपछि सरकारले रुसमा विरोध प्रदर्शन दमन गरिरहेको छ । तर विभिन्न सहरमा हजारौँ मानिसहरू प्रदर्शनमा सहभागी भएका छन् ।