×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

राष्ट्रिय सभा बैठक बस्दै,के छ कार्यसूची ?

राष्ट्रिय सभा बैठक बस्दै,के छ कार्यसूची ?

काठमाडौं- राष्ट्रिय सभाको बैठक आज (शुक्रबार) बस्दैछ। बैठक बिहान ११ बस्ने बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक, २०७९ माथि सदनमा दफावार छलफल गरियोस्, आर्थिक विधेयक २०७९ पारित गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

यस्तै, अर्थमन्त्री शर्माले नै राष्ट्र ऋण उठाउने विधेयक, २०७९ माथि सदनमा दफावार छलफल गरियोस्, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ पारित गरियोस्, ऋण तथा जमानत ९पच्चिसौँ संशोधन० विधेयक, २०७९ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले औषधि (तेस्रो संशोधन) विधेयक, २०७९ माथि सदनमा दफावार छलफल गरियोस्, औषधि ९तेस्रो संशोधन० विधेयक, २०७९ पारित गरियोस्, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ९पहिलो संशोधन० २०७९ माथि सदनमा दफावार छलफल गरियोस्, स्वाथ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ९पहिलो संशोधन० २०७९ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा छ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले रेल्वे विधेयक २०७९ माथि सदनमा दफावार छलफल गरियोस्, रेल्वे विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव पस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

 

प्रतिकृया दिनुहोस्