×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

दक्षिणकालीमा मृत भेटिएका युवा-युवतीको परिचय खुलेन, प्रहरीले सार्वजनिक गर्‍यो हुलिया

दक्षिणकालीमा मृत भेटिएका युवा-युवतीको परिचय खुलेन, प्रहरीले सार्वजनिक गर्‍यो हुलिया

काठमाडौँ । दक्षिणकाली मन्दिर नजिकको जङ्गल क्षेत्रमा युवा-युवती मृत फेला परेका छन् । अन्दाजी २१,२२ वर्षको देखिने युवा-युवती मृत फेला परेका हुन् ।

सोमबार बिहान साढे ११ बजेतिर स्थानीयले शव भेटिएको खबर गरेपछि उपत्यका प्रहरी अनुसन्धान कार्यालय, प्रहरी वृत्त कीर्तिपुर र इलाका प्रहरी कार्यालय फर्पिङबाट प्रहरी अधिकृतसहितको अपराध अनुसन्धान टोली खटिएको थियो ।

उनीहरू नजिकै विषको बट्टा भेटिएको छ । मृतकको पहिचानबारे अहिलेसम्म केही थाहा नभएको र विष सेवन गरे/नगरेको बारेमा पनि परीक्षणपछि मात्रै थाहा हुने प्रहरीले जनाएको छ । मुचुल्का उठाएर शव पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।

 
  • प्रहरीकाअनुसार यस्तो छ हुलिया

क) मृतकहरूको विवरण:-
१. पुरुष:- वर्ण गहुँगोरो, उचाइ ५.५ इन्च,कालो कपाल,दारी जुँगा पालेको, कालो भेस्ट,कालो पाइन्ट र कालो चप्पलमा पहेँलो धर्सा भएको चप्पल लगाएको अन्य नखुलेको ।
२. महिला:- वर्ण गहुँगोरी, उचाइ ५.२ इन्च, कालो लामो कपाल, सेतो कालो, कालो पाइन्ट र कालो जुत्ता लगाएको अन्य नखुलेको ।

ख) घटनास्थलमा फेला परेका सामानहरू:-
महिलाले लगाउने कपडा सहितको जेब्रा झोला, सिम कार्ड झिकिएको मोबाइल फोन, सिम कार्ड, फेन्टाको २ वटा खाली बोटल, पानीको बोटलमा आधा भरिएको अवस्थामा फेन्टा जस्तो देखिने तरल पदार्थ ।

प्रतिकृया दिनुहोस्