×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

विकासका लागि स्थिर सरकार आवश्यकः उपमहासचिव गुरुङ

विकासका लागि स्थिर सरकार आवश्यकः उपमहासचिव गुरुङ

लमजुङ- नेकपा (एमाले)का केन्द्रीय उपमहासचिव तथा गण्डकी प्रदेशका निर्वतमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुक विकासका लागि एमालेको स्थिर सरकार आवश्यक रहेको बताउनुभएको छ ।

आज सुन्दरबजार नगरपालिका-८ बलिथुङमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले एमालेलाई बहुमतका साथ विजयी बनाए स्थिर सरकार हुने र मुलुकको विकास हुने दाबी गर्नुभयो । 

आफू मुख्यमन्त्री छँदा थालनी गरेका र सम्पन्न हुन बाँकी विकासका काम पूरा गर्दै जिल्लामा विकासको लहर ल्याउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । लमजुङको विकास हेर्न र अनुभूति गर्न चाहने हो भने एमालेका उम्मेदवारलाई विजयी गराउन आवश्यक रहेको उहाँको भनाइ छ । “विगतमा पनि जिल्लाको विकासमा लागेका थियौँ, अब पनि लाग्नेछौँ यो हाम्रो प्रतिबद्धता भयो”, उहाँले भन्नुभयो ।” 

त्यस्तै, लमजुङ प्रदेशसभा २ का उम्मेदवार तथा जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारीले आफू सधैँ जिल्लाकै विकासका लागि राजनीति गर्दै आएकाले आफूले जितेमा सबै जनता र जिल्लाको विकास र सेवामा लाग्ने बताउनुभयो । 

आफूसहित एमालेका सबै उम्मेदवारलाई जिताएर दलित, लोपोन्मुख समुदाय, युवा, महिला, जतजातिलगायत सबैले विकासको अनुभूति प्राप्त गर्न उहाँले आग्रह गर्नुभएको छ ।(रासस)

प्रतिकृया दिनुहोस्