×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

शिक्षा/स्वास्थ्य

कक्षा १२ को नतिजा साउन मसान्तभित्रै सार्वजनिक गर्ने तयारी

कक्षा १२ को नतिजा साउन मसान्तभित्रै सार्वजनिक गर्ने तयारी

काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले साउन मसान्तभित्रै कक्षा १२ को नतिजा सार्वजनिक गरिने जनाएको छ । बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले नतिजा तयारीको काम भइरहेको र प्राविधिक समस्या नआए साउनभित्रै नतिजा सार्वजनिक गरिने बताउनुभयो । वैशाख २६ देखि जेठ ५ गतेसम्म देशभरका परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।
 
उहाँले भन्नुभयो, ‘भदौ नपुग्ने गरी काम गरिरहेका छौं, प्राविधिक समस्या आए कहिलेकाहीं के भन्न सकिन्छ र १’ उत्तर पुस्तीका परीक्षण सकेर बोर्डले विद्यार्थीको प्राप्तांक इन्ट्री र रुजु गर्ने काम भइरहेको जनाएको छ । करिब साढे ४ लाख विद्यार्थी परीक्षामा सहभागी भएका थिए । एक हजार ४ सय ५३ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो ।
 
प्रत्येक विषयको सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत अंक प्राप्त गरे मात्रै विद्यार्थीले ग्रेडसिट प्राप्त गर्ने व्यवस्था गरिएको छ । गत वर्ष कक्षा १२ मा ४९ प्रतिशत विद्यार्थीले मात्र ग्रेडसिट प्राप्त गरेका थिए । तीमध्ये २ विषयसम्म एनएजी आउनेले तत्कालै र बाँकी ५६ हजारले यसपालि ग्रेडवृद्धि परीक्षा दिएका थिए ।
 
लेटर ग्रेडिङ निर्देशिकामा संशोधन गरेर जुन विषयमा एनजी हुन्छ त्यही विषयमा मात्रै ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । यसअघि दुई भन्दा बढी विषयमा एनजी आए अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने बाध्यता थियो ।

प्रतिकृया दिनुहोस्